स्थानियबासिलाइ धम्कि दिँदै नेपाली सेना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ३१ साउन ।
  •   काठमाण्डौ–तराई द्रुत मार्ग निर्माणकाक्रममा ललितपुरको खोकना क्षेत्रमा नेपाली सेनाले स्थानियलाई धम्की दिने गरेको पाईएको छ ।
  • राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुतमार्गमा पर्ने जग्गा अधिग्रहण गर्नेक्रममा भएको बिरोध प्रदर्शनमा सेनाले कुटपिट गरेको र पटक पटक त्रास सृजना गर्ने काम गरेको पिडित सिद्धिचरण महर्जनले बताउनु भयो ।

काठमाडाै, ३१ साउन ।  काठमाण्डौ–तराई द्रुत मार्ग निर्माणकाक्रममा ललितपुरको खोकना क्षेत्रमा नेपाली सेनाले स्थानियलाई धम्की दिने गरेको पाईएको छ । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुतमार्गमा पर्ने जग्गा अधिग्रहण गर्नेक्रममा भएको बिरोध प्रदर्शनमा सेनाले कुटपिट गरेको र पटक पटक त्रास सृजना गर्ने काम गरेको पिडित सिद्धिचरण महर्जनले बताउनु भयो ।

आयोगका सदस्य सुदिप पाठकको संयोजकत्वमा प्रभावित क्षेत्रको अनुगमनमा गएको बिज्ञ सहितको उच्चस्तरिय अनुगमन टोलीमाझ धेरै पिडितहरुले आफुहरु अन्यायमा परेको बताएका हुन् । द्रुत मार्ग निर्माणकाक्रममा आफ्नो जग्गाको मुआब्जा निक्कै कम दिने र आफ्ना साँस्कृतिक तथा पुरातात्वीक धरोहरहरु नष्ट गर्न लागेकाले आफुहरु संघर्ष समिति नै बढाएर आन्दोलनमा उत्रनु परेको पिडित रामलाल महर्जनले बताउनु भयो ।

पिडितहरुले टोलीका संयोजक पाठकलाई ८ सय ४० जना पिडितहरुको हस्ताक्षर संकलन गरेर पनि बुझाएको आयोगको अनुगमन टोलीका सदस्य एवं सामुदायिक रेडियोहरुको नेटवर्क (सीआर्ईएन)का प्रमुख दीपक आचार्यले जानकारी दिए । पिडितहरुले द्रुत मार्गलाई खोकनाबाट नभई बागमती नदिको पारिबाट निर्माण गर्न वा मुआब्जा बढाउन आफुहरुसँग छलफल गर्न सरकारसँग माग गरेका छन् ।

(https://mclaneedgers.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rambabu Shrestha

    K nai kam xa r army ko

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ: राज्यमन्त्री लामा
निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ: राज्यमन्त्री लामा
प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ : सांसद श्रेष्ठ
प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ : सांसद श्रेष्ठ
‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट
‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट
सरकारले जनताले अनुभूति गर्ने गरी  काम गर्न सकेकाे  छैन: देवेन्द्र पौडेल
सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्न सकेकाे छैन: देवेन्द्र पौडेल
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
६ दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति थापा भारत प्रस्थान
शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश
शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश
वामदेवको मुद्दा उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदै
पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु
पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु