कानुन बनाउँदा सत्तापक्ष र प्रतिपक्षी नबनौं : अध्यक्ष तिमिल्सिना
सारांश
- काठमाडौं ।
- राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कानुन बनाउँदा सांसदहरु सत्तापक्ष र प्रतिपक्षका रुपमा प्रस्तुत हुन नहुने बताएका छन् ।
- जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आयोजना गरेको संघीय महिला सांसदसँगको अन्तक्र्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले कानुन बनाउँदा विधायक भएर काम गर्न सांसदहरुलाई सुझाव दिए ।
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कानुन बनाउँदा सांसदहरु सत्तापक्ष र प्रतिपक्षका रुपमा प्रस्तुत हुन नहुने बताएका छन् ।
जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आयोजना गरेको संघीय महिला सांसदसँगको अन्तक्र्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले कानुन बनाउँदा विधायक भएर काम गर्न सांसदहरुलाई सुझाव दिए ।
संविधान कार्यान्वयन, महिला सशक्तिकरण र दिगो विकास विषयक उक्त अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको संसदीय अभ्यास देश र जनताको आवश्यकताअनुसार विधि बनाउँदा पक्ष र विपक्षमा बाँडिनु दुखद भएको बताए ।
‘बहुदल प्राप्तिपछि गठन भएका संसदमा विधि निर्माण गर्नेभन्दा बढी फाइल बोकेर मन्त्रालय धाउने विकासे नेता भए,’ उनले भने, ‘नयाँ संविधान जसरी मिहिनेत गरी सबै एक भएर निमार्ण ग¥यौं, कानुन निमार्णमा पनि दूरदृष्टि साथ सक्रिय र एकजुट भएर अगाडि बढ्नुपर्छ ।’

‘संविधान कार्यान्वयनको एउटा चरणको रुपमा तीन तहको निर्वाचन भएर संघीय, प्रदेश र स्थानीय सरकारले काम गर्न थालिसकेका छन्,’ तिमिल्सिनाले भने, ‘यो अवस्थामा संघीय संसद साँच्चिकै विधायीका हुन जरुरी छ । विधि र नीति निमार्णको तहमा यो संसदले काम गर्नुपर्छ । योजना र विकास निमार्णको जिम्मा प्रदेश तथा स्थानीय तहलाई जिम्मा दिनुपर्छ ।’
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले महिलाको सशक्तिकरणका लागि आरक्षणभन्दा क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताए । ‘महिलाको प्रतिनिधित्व लागि सधैं आरक्षण होइन, उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिउँ,’ उनले भने, ‘अल्पविकसित मुलुकबाट माथि उठ्न लक्ष्य निर्धारण गरेजस्तै महिला सशक्तिकरण र आरक्षण अन्त्यको समय निर्धारण गरेर अगाडि बढौं ।’
प्रतिक्रिया