कार्यालय प्रमुख नहुँदा काम प्रभावित

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
२८ पटक हेरिएको
Shares
कार्यालय प्रमुख नहुँदा काम प्रभावित

सारांश

  • चरिकोट, ३१ जेठ ।
  • कार्यालय प्रमुख नहुँदा जिल्ला वन कार्यालय दोलखाका काम कारवाही प्रभावित भएको छ ।
  • जिल्ला वन कार्यालय दोलखाका प्रमुख जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारी सहसचिवमा बढुवा भएपछि गत फागुन महिनादेखि कार्यालय प्रमुख पदमा कसैको पदपूर्ति नहुँदा कार्यालयको कामकारवाही प्रभावित भएको हो ।

चरिकोट, ३१ जेठ । कार्यालय प्रमुख नहुँदा जिल्ला वन कार्यालय दोलखाका काम कारवाही प्रभावित भएको छ ।
जिल्ला वन कार्यालय दोलखाका प्रमुख जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारी सहसचिवमा बढुवा भएपछि गत फागुन महिनादेखि कार्यालय प्रमुख पदमा कसैको पदपूर्ति नहुँदा कार्यालयको कामकारवाही प्रभावित भएको हो ।

भण्डारीको बढुवा भई सरुवा भएपछि निमित्त प्रमुखमा सहायक वन अधिकृत गोविन्दप्रसाद दाहाललाई तोकेको तर उहाँ पनि उपसचिवमा बढुवा हँुदा हाल जिल्ला वन कार्यालय दोलखा प्रमुखविहीन बनेको हो ।

कार्यालय प्रमुख नहुँदा कतिपय विकासे काम अलपत्र परेको छ भने आर्थिक वर्ष सकिन लागेको हुँदा विकास रकम फिर्ता जाने सम्भावना पनि बढेर गएको जिल्ला वन कार्यालय दोलखाका कर्मचारी बताउँछन् ।

कार्यालयले गर्ने वृक्षरोपणका काम, बिरुवाको टेन्डर, पुराना कामको भुक्तानी, वन मुद्दा फैसलाजस्ता कार्यसमेत प्रमुख नहुँदा गर्न नसकेको जिल्ला वन कार्यालय दोलखाका नायब सुब्बा राजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीकाअनुसार कार्यालय प्रमुखको अभावमा वार्षिक कार्यप्रगतिमा समेत असर पर्नसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?