पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
५४ पटक हेरिएको
Shares
पोखराको रानीपौवामा सुविधा सम्पन्न जिम हल सहितको स्पोर्टस क्लब (भिडियो सहित)

सारांश

  • पोखरा स्वस्थ रहन र शारिरिक तन्दुरुस्तीका लागि दिनहु जिम हल तथा स्पोर्टस क्लबमा युवादेखि बृद्ध सम्मको जाने लागेका छन् ।
  • मोटोपन घटाउन वा बढाउन, शरिरका विभिन्न अंगको आकार बढाउन वा घटाउन तथा आकर्षक शरिर निर्माणका लागि पनि यस्ता स्पोर्टस क्लब र जिम हलहरु प्रयोगमा आउने गरेका छन् ।
  •   पोखराको रानीपौवामा १३ महिना अघि सञ्चालित रानीपौवा स्पोर्टस सेन्टरमा यस्तै उद्देश्यले युवा देखि बृद्ध सम्म आउछन् ।

पोखरा

स्वस्थ रहन र शारिरिक तन्दुरुस्तीका लागि दिनहु जिम हल तथा स्पोर्टस क्लबमा युवादेखि बृद्ध सम्मको जाने लागेका छन् । मोटोपन घटाउन वा बढाउन, शरिरका विभिन्न अंगको आकार बढाउन वा घटाउन तथा आकर्षक शरिर निर्माणका लागि पनि यस्ता स्पोर्टस क्लब र जिम हलहरु प्रयोगमा आउने गरेका छन् ।

पोखराको रानीपौवामा १३ महिना अघि सञ्चालित रानीपौवा स्पोर्टस सेन्टरमा यस्तै उद्देश्यले युवा देखि बृद्ध सम्म आउछन् । जिम, जुम्बा, कार्डियो, फुटसल मैदान समेत रहेको छ । सबै एकै ठाउँमा भएका कारण पनि धेरैको रोजाइको ठाउँ बनेको छ । चार जना युवाहरु मिलेर यो स्पोर्टस सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

दैनिक झण्डै तीन सय जना नियमित ब्यायमको लागि आउने गरेको स्पोर्टस सेन्टर सञ्चालक जीतेश प्रधानले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिका वडानम्बर ११ स्थित ६ रोपनी क्षेत्रफलमा डेढ करोड खर्चेर तयार गरिएको स्पोर्टस सेन्टरमा दैनिक ५ सय जना सम्मको क्षमता छ ।

जिमको लागि मासिक १५ सय र जुम्बाको लागि मासिक २ हजार रुपैया शुल्क तोकिएको प्रधानले जानकारी दिए । त्यस्तै फुटसलको लागि प्रतिघण्टा १३ सय देखि १८ सय रुपैया सम्म शुल्क तिर्नुपर्नेछ । अत्याधुनिक उपकरण र प्रशिक्षक सहित सेवा प्रदान गर्दै आएको अर्का सञ्चालक दिपक बास्तोलाले बताए । यो स्पोर्टस सेन्टरमा १५ जनाले रोजगारी पाएको उनले बताए । पर्याप्त पार्किङ सुविधा सहितको स्पोर्टस सेन्टर भित्रै रेष्टुरेन्ट पनि छ ।

प्रधान र वास्तोला सहित सुवास बस्नेत र राजीब श्रेष्ठ गरी ४ जना युवाको संयुक्त लगानीमा स्पोर्टस सेन्टर सञ्चालनमा ल्याइएको हो । स्पोर्टस सेन्टर विहान ५ देखि राती ९ बजेसम्म खुल्ला रहने र आफु अनुकुलको समयमा जान सकिने सञ्चालकले बताए ।

स्पोर्टस सेन्टरमा छिट्टै साउना र स्टिम बाथ सञ्चालनमा ल्याउने तयारी गरेको प्रधानले बताए । उनले जिमका लागी युवतीहरुको पनि आक्रर्षण बढ्दै गएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक
सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक
प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
किन गोही जस्तो देखिन चाहन्छन् यहाँका मानिस ?
किन गोही जस्तो देखिन चाहन्छन् यहाँका मानिस ?
धर्म संस्कृती र पहिचान रक्षाको निमित्त पार्टी राजनिती माथि उठौ: कमल थापा
धर्म संस्कृती र पहिचान रक्षाको निमित्त पार्टी राजनिती माथि उठौ: कमल थापा
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
प्रधानमन्त्री ओली क्रुद्धः ३ जना नेताको पद धरापमा
प्रधानमन्त्री ओली क्रुद्धः ३ जना नेताको पद धरापमा
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था
दशैंमा सजिलै घर जाने ? त्यसो भए यातायात व्यवसायी महासंघले गर्यो यस्तो व्यवस्था
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
तास खेल्ने पक्राउ
तास खेल्ने पक्राउ