महानगरपालिकाका मेयर शाक्य ‘एक्सन’ मा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
महानगरपालिकाका मेयर शाक्य ‘एक्सन’ मा !

सारांश

  • काठमाडाै, २० भदाै ।
  • फोहोरका कारण आलोचीत बनेका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्कीएका छन ।
  • वर्षाका कारण रोकिएको सडक निर्माण तथा फोहोरका कारण गुनासो आउन थालेपछि उनि अनुगमनमा निस्किएको बताईएको छ ।

काठमाडाै, २० भदाै । फोहोरका कारण आलोचीत बनेका काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्कीएका छन । वर्षाका कारण रोकिएको सडक निर्माण तथा फोहोरका कारण गुनासो आउन थालेपछि उनि अनुगमनमा निस्किएको बताईएको छ ।सडक चौडा गर्ने, मेलम्चीको पाइपलाईन खन्ने लगायतका कारण राजधानीको सडकको दूरावस्था र राजधानीवासीको पनि दिनहुँ गुनासो आउने गरेको कारण पछिल्लो समय आलोचित बन्दै आएका छन्।

वर्षा पनि विस्तारै कम हुँदै गएपछि राजधानीका सडक निर्माणलाई तीव्रता दिन सुरु गरेको मेयर शाक्यले जानकारी दिएका छन् । बुधबार काठमाडौँको भोटेबहाल सडक निर्माणको अनुगमनमामा सोही क्षेत्र र आसपासका वडाध्यक्ष, उपभोक्ता समिति र क्लवका प्रतिनिधिसहित पुगेका थिए ।

वडा नम्बर १२ का विकास डंगोल, ११ का हिरालाल तन्डुकार २१ का उदय चुडामणि बर्जाचार्य, २२ का चिनिकाजी महर्जन, २३ का मच्छेराजा महर्जन र ३१ का भाइराम खड्कीसँगै उनी भोटेवहाल पुगेर सडक निर्माणको कामलाई चुस्तरुपमा अघि बढाउन निर्देशन दिए ।उनले अब विकास निर्माणको काम तीब्र गतिमा अघि बढ्ने भन्दै काममा ढिलासुस्ती नगर्न पनि निर्देशन दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jhanak Puri

    sakki go i ta!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?