‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २३ भदाै ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रका सेनाहरुको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका छन्।
  •  प्रधानमन्त्री निवास स्रोतका अनुसार, कामु प्रधानसेनापति पूर्णचन्द्र थापालाई पनि उनले सो सैनिक अभ्यासमा सहभागी नहुन निर्देशन दिएका छन्।

काठमाडाै, २३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रका सेनाहरुको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास स्रोतका अनुसार, कामु प्रधानसेनापति पूर्णचन्द्र थापालाई पनि उनले सो सैनिक अभ्यासमा सहभागी नहुन निर्देशन दिएका छन्।

भारतको आयोजनामा बिमस्टेक राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यास २५–३१ भदौमा भारतको पुनेमा हुँदैछ। बिमस्टेकको ब्यानरमुनि नभएपनि बिमस्टेक राष्ट्रका सेनाहरुको सैनिक अभ्यास भनिएकाले यो सुरुदेखि नै नेपालमा विवादको विषय बन्दै आएको छ।

‘प्रधानमन्त्री ओलीले हिजो नै सैनिक नेतृत्वलाई सो अभ्यासमा सहभागिता नजनाउन निर्देशन दिनु भएको छ’ स्रोतले भन्यो, ‘त्यसैले नेपाली सेना त्यसमा सहभागी हुँदैन।’ सैन्य अभ्यास अगाडि भारतले नै आयोजना गरेको बिमस्टेक राष्ट्रका सैन्य प्रमुखहरुको निम्तो मान्न सेना प्रमुख रथी पूर्णचन्द्र थापा जाने कार्यक्रम थियो।

स्रोतका अनुसार, २४ साउनमा थापा सेना प्रमुख बनेपछि नेपाली सेनाले सो सैनिक अभ्यासमा सहभागी हुने निर्णय गरेको थियो। यस सम्बन्धी औपचारिक जानकारी सरकारको तर्फबाट भोलि दिने योजनामा सरकार छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
ज्वाइँले जेठानकी पत्नी भगाएपछि…
ज्वाइँले जेठानकी पत्नी भगाएपछि…
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
नाम दर्ता गराउनेको संख्या बढ्दो
नाम दर्ता गराउनेको संख्या बढ्दो
चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेस प्रतिनिधिसभाको नतिजा रोक्न अदालत जाने
चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेस प्रतिनिधिसभाको नतिजा रोक्न अदालत जाने
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !
संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !
दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनुहुन्न : प्रधानमन्त्री
दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनुहुन्न : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
फोरजी विस्तारमा टेलिकमको ‘एग्रेसिभ मुभ’: एकैपटक ६५ लाख ग्राहक समेटिँदै
फोरजी विस्तारमा टेलिकमको ‘एग्रेसिभ मुभ’: एकैपटक ६५ लाख ग्राहक समेटिँदै