युवा कवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
युवा कवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती

सारांश

  • काठमाडौँ ।
  • आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ ।
  • १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेका उनी १९५३ सालको भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

काठमाडौँ । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ ।

१९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेका उनी १९५३ सालको भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । भट्टले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

नेपाली साहित्यको शृङ्गार रसमा योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए ।

त्यसैगरी उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?