प्रधान न्यायाधीशलाई मिश्रलाई जोशीले यसरी गरे स्वागत, आजदेखि काममा फर्कने
सारांश
- काठमाडौं ।
- यस अघि प्रधान न्यायाधीशका लागि सिफारिस भएर संसदीय सुनुवाइबाट अस्वीकृत न्यायाधीश दीपकराज जोशीले नवनियुक्त प्रधान न्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्न सर्वोच्च पुगे ।
- उनी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई माला लगाएर स्वागत गर्दै अंकमाल गरेका थिए ।
काठमाडौं । यस अघि प्रधान न्यायाधीशका लागि सिफारिस भएर संसदीय सुनुवाइबाट अस्वीकृत न्यायाधीश दीपकराज जोशीले नवनियुक्त प्रधान न्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्न सर्वोच्च पुगे ।
उनी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई माला लगाएर स्वागत गर्दै अंकमाल गरेका थिए । उनी आज मंगलबारदेखि काममा फर्केर हाजिर गर्ने बताएका छन् ।
शैक्षिक प्रमाणपत्र विवादका कारण प्रधानन्यायाधीश हुनबाट रोकिएपछि जोशी घरबिदामा बसेका थिए। जोशीले आफूले प्रधानन्यायाधीश नभएर कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमात्र सम्हालेको बताए।
घरबिदामा रहेका जोशी प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न सोमबार साँझ अदालत पुगेका थिए । मिश्रलाई अंकमाल गर्र्दै प्रधानन्यायाधीशको कुर्सीमा बसाएर उनी फर्केका थिए।
उनले न्यायालयमा जुनियर, सिनियर नहुने यस अघि नै अभिव्यक्ति दिइसकेका थिए । सर्वोच्चमा हाजिर भई दैनिक कामकारबाही थाल्ने बताएका छन् । म आजैदेखि अदालत फर्कें, भोलिदेखि काममा फर्कन्छु उनले भने ।
‘प्रधान न्यायाधीश मिश्र आफ्नो समकक्षी भएको बताए । उनले न्यायाधीश सिनियर र जुनियरको नहुने बताएका छन् । उनले आफ्नो नाम अस्वीकृत भएपछि विदामा बस्दै आएका थिए । उनले राजिनामा दिने भने हल्ला चलेपनि उनी आफूभन्दा जुनियर प्रधान न्यायाधीश बनेपछि काममा फर्कने भएका हुन् ।
प्रतिक्रिया