६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले करिब ६ महिनापछि नयाँ नेतृत्व पाएको छ ।
  • नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेसँगै सर्वोच्चले नयाँ नेतृत्व पाएको हो ।

काठमाडौँ । सर्वोच्च अदालतले करिब ६ महिनापछि नयाँ नेतृत्व पाएको छ । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेसँगै सर्वोच्चले नयाँ नेतृत्व पाएको हो ।

गत फागुन ३० गते तत्कालीन प्रधान न्यायाधीश गोपाल पराजुलीले राजिनामा दिएपछि सर्वोच्च अदालतमा प्रधान न्यायाधीश पद रिक्त रहेको थियो ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा पुगेर प्रधान न्यायाधीश मिश्रले पदबहाली गरेका हुन् ।

पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारवाहीको दायरामा ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि संसदीय सुनुवाइ समितिले दीपकराज जोशीको नाम अनुमोदन नगरेपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिश गरेको थियो । संवैधानिक परिषद्को सिफारिशमा मिश्रको नाम सोमबार संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको थियो । 

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि संविधानको धारा १२९ अनुसार राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ । नवनियुक्त प्रधानन्यायाधीश मिश्रको नाम भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

रुपन्देही जिल्ला रायपुरमा २०१० पुस २८ मा जन्मेका थिए । उनले प्रधान न्यायाधीश मिश्रले २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका थिए ।
उनी गत साउन २० देखि कामु प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए । उमेर हदका कारण मिश्रले अब पुस १८ सम्म काम गर्नेछन् । योसँगै प्रधान न्यायाधीश मिश्रले पाँच महीना मात्र काम गर्ने मौका पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?