नब्बे प्रतिशत काम सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
४४ पटक हेरिएको
Shares
नब्बे प्रतिशत काम सम्पन्न

सारांश

  • चौतारा, २६ भदौ ।
  • विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।
  • उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर लक्ष्मी उपाध्यायले बताउनुभयो ।

चौतारा, २६ भदौ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ ।उक्त आयोजनाको बाँकी काम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर लक्ष्मी उपाध्यायले बताउनुभयो । क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्था छ । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका तथा नयाँ बस्ती बसेका स्थानमा धमाधम काम भइरहेको छ ।

चौतारा सागाचोक गढी नगरपालिका–८ इर्खूको दियाले, मेलम्ची नपाअन्तर्गत गिरानचौर तथा मेलम्ची, हेलम्बु र गातीमा बन्न लागेका एकीकृत बस्तीको लागि खानेपानी योजनाको निर्माण भइरहेको उपाध्यायले जानकारी दिनुभयो । सदरमुकाम चौतारा बजार तथा आसपासका गाउँको लागि चौतारा–थालखर्क खानेपानी आयोजनाको गत वर्ष १८ किलोमिटर पाइप फेर्ने काम सम्पन्न भएको छ । रु ६५ करोडको लगानीको सो आयोजनाको थालखर्कको मुहान क्षेत्रमा अझै ३ दशमलव ५ किमीमा पाइप बिछ्याउने काम बाँकी नैै छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समेत बजेट रहेको उक्त आयोजनाको काम बजेट निकासा नहँुदा दुई वर्षदेखि रोकिएको थियो । थालखर्क र स्याउनेदेखि चौतारासम्मको वितरण लाइनको काम बाँकी नै छ । अधुरो काम पूरा गर्न खानेपानी तथा शहरी विकास मञ्त्रालयबाट बजेट निकासा हुने इञ्जिनीयर उपाध्याय बताउनुहुन्छ । नेपाल सरकारको निर्णयअनुसार जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजनलगायतका कार्यालय साउन १ गतेदेखि खारेजीमा परेका छन् । खारेजीमा परेका कार्यालयले गर्दै आएका काम अब कुन निकायले गर्ने भन्नेबारे टुङ्गो नलागेपछि विभिन्न आयोजना अधुरै अवस्थामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
खुकुरी ग्याङ र राेयल ग्याङकाे ‘वार’, डेभिल सम्झेर कुमारकाे हत्या
खुकुरी ग्याङ र राेयल ग्याङकाे ‘वार’, डेभिल सम्झेर कुमारकाे हत्या
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
जागरण अभियान प्रभावकारी बनेको छ, अब गुटको अन्त्य हुन्छ : यादव
जागरण अभियान प्रभावकारी बनेको छ, अब गुटको अन्त्य हुन्छ : यादव
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण
एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
जब रेफ्रीले रोनाल्डोसँग उनको जर्सी मागे