भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु !

सारांश

  • हैदराबाद, २६ भदौ ।
  • भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ ।
  • यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो ।

हैदराबाद, २६ भदौ । भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ । यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् । घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।

उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?