ज्ञानेन्द्र किन जाँदैछन थाइल्याण्ड
सारांश
- काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् ।
- थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ ।
- दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् ।
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ ।
दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् ।
हिमानीका निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी, हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहित करिब डेढ दर्जन टोलीका साथ हिमानी थाइल्याण्ड गएकी हुन् ।
स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया