राजदुत झाको हत्यामा पक्राउ माली र सुरक्षागार्ड ८ हजार धरौटीमा छुटे
सारांश
- काठमाडौ २९ भदौ।
- राजदुत केशव झाको हत्या प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका माली र सुरक्षागार्डहरु धरौटीमा रिहा भएका छन्।
- आवश्यक परेका समयमा उपस्थित हुने गरी जनही ८ हजार रुपैयाँमा रिहा गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले बताए।
काठमाडौ २९ भदौ। राजदुत केशव झाको हत्या प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका माली र सुरक्षागार्डहरु धरौटीमा रिहा भएका छन्।आवश्यक परेका समयमा उपस्थित हुने गरी जनही ८ हजार रुपैयाँमा रिहा गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले बताए।
बबरमहस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या गरिएका पूर्वसुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै झाको घरमा सुरक्षागार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो।पूर्व राजदुत झाको हत्यामा उनिहरुको संलग्नता पुष्टि गर्न नसकेपछि प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई जनही ८ हजार धरौटी लिएर छाड्न आदेश दिएका हुन्।
प्रतिक्रिया