पुलको काम समयमै सक्न मुख्यमन्त्रीको निर्देशन, ठेकेदारले समय माग्दै
सारांश
- धनगढी ।
- प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकाको पश्चिमी सीमा नदी मोहनामा निर्माणाधीन पुल आगामी जेठभित्र निर्माण सक्न निर्देशन दिएका छन् ।
- निर्माणको समय अवधि पटकपटक थपिँदै गएकाले पुल बनाउन ढिलो भएको भन्दै छिटो सक्न निर्देशन दिएका हुन् ।
धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकाको पश्चिमी सीमा नदी मोहनामा निर्माणाधीन पुल आगामी जेठभित्र निर्माण सक्न निर्देशन दिएका छन् । निर्माणको समय अवधि पटकपटक थपिँदै गएकाले पुल बनाउन ढिलो भएको भन्दै छिटो सक्न निर्देशन दिएका हुन् ।
बन्दै गरेको पुल निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले निर्माणमा संलग्न कम्पनी र डिभिजन सडक कार्यालयलाई निर्माण कार्य सक्न निर्देशन दिएका हुन् ।
लामो समयसम्म योजना सम्पन्न नगर्ने प्रवृत्तिलाई प्रदेश नं ७ मा अन्त्य गरिने मुख्यमन्त्रीले बताए । उनले जनतालाई सेवासुविधा उपलब्ध गराउने काममा कसैले बहाना बनाउन नहुने बताए ।
पुल बन्न ढिलो हुँदा नदी वारपार गर्न स्थानीय बासिन्दालाई निकै कठिन भएको छ ।
लाइट एड्भेञ्चर कम्पनीले ठेक्का पाएको त्यस पुलको निर्माण सम्झौता आगामी असारसम्म छ । कम्पनीले भने समयमौ नसकिने भन्दै म्याद थपिदिन निवेदन दिएको छ ।
२०७१ असार ३१ मा सम्झौता भई तीन वर्षभित्र निर्माण सक्नेगरी काम शुरु गरिएको पुलको लागत झन्डै १० करोड रुपियाँ छ ।
प्रतिक्रिया