भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
सारांश
- सुनसरी, ४ असाेज ।
- भारतबाट अाएकाे हतियारधारी समूहले सुनसरीकाे एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या गरेका छन् ।
- हतियारधारी उक्त समूहले बिहिबार हरिनगर गाउँपालिका २ भूताहामा रहेकाे एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मौलाना खुर्सिद अन्सारीकाे गाेली हानी हत्या गरेकाे हाे ।
सुनसरी, ४ असाेज । भारतबाट अाएकाे हतियारधारी समूहले सुनसरीकाे एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या गरेका छन् । हतियारधारी उक्त समूहले बिहिबार हरिनगर गाउँपालिका २ भूताहामा रहेकाे एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मौलाना खुर्सिद अन्सारीकाे गाेली हानी हत्या गरेकाे हाे ।
मोटरसाइकलमा आएका दुई जनाकाे हतियारधारी समूहले उनको बिहिबार बिहान साढे ११ बजे गोली प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ । हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ ।
अपराधीले प्रहार गरेकाे गाेली लागेर सिमामा खटिएका एक प्रहरी जवान समेत घाइते भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया