भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा

सारांश

  • काठमाडौं ।
  • भूकम्पपछिको पुनः निर्माणका बारेमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नेपालको पुनः निर्माणको अनुभवका बारेमा संयुक्त राष्ट्र सङ्घलाई जानकारी गराउने भएको छ ।
  • प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको महासभामा न्यूयोर्कस्थित राष्ट्र सङ्घको भवनमा आयोजना हुने ‘विपद् पश्चात्को आवश्यकता आँकलन र पुनः निर्माण तथा पुनः स्थापना योजना’ विषयक कार्यक्रममा नेपालको पुनः निर्माणसम्बन्धी प्रस्तुति गर्ने कार्यक्रम छ ।

काठमाडौं । भूकम्पपछिको पुनः निर्माणका बारेमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नेपालको पुनः निर्माणको अनुभवका बारेमा संयुक्त राष्ट्र सङ्घलाई जानकारी गराउने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको महासभामा न्यूयोर्कस्थित राष्ट्र सङ्घको भवनमा आयोजना हुने ‘विपद् पश्चात्को आवश्यकता आँकलन र पुनः निर्माण तथा पुनः स्थापना योजना’ विषयक कार्यक्रममा नेपालको पुनः निर्माणसम्बन्धी प्रस्तुति गर्ने कार्यक्रम छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपश्चात् नेपालको पुनः निर्माण तथा पुनः स्थापनासम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्नेछन् । आगामी शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली हिजो राति अमेरिकातर्फ गएका छन् ।
कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनस्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिकलगायत अरू सहयोग जुटाउन मद्दत पुग्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
कार्यक्रममा नेपालको पुनः निर्माण र पुनः स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति, पुनः निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ ।

राष्ट्र सङ्घ, युरोपेली सङ्घ र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरिया लगायतका देशका विभिन्न संस्थाको प्रस्तुति रहने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?