​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
३० पटक हेरिएको
Shares
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम

सारांश

  • काठमाडौं, १० असोज ।
  • अमेरिकी डाइभर्सिटी भिसा (इ.
  • डि.

काठमाडौं, १० असोज । अमेरिकी डाइभर्सिटी भिसा (इ.डि.भी.)  कार्यक्रम आगामी साताबाट सुरु हुने भएको छ ।  असोज १७ देखि  डिभीको आवेदन खुल्ने भ्एको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार असोज १७ गते राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागीका लागि शुल्क लाग्दैन ।   दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा  www.dvlottery.state.govमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडि.भी.) आवेदन फारम भर्नु पर्नेछ।आवेदन दर्ता गर्दा पति र पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ ।

२०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन नै अयोग्य ठहरिने दूताबासले जनाएको छ । डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ।
डिभीमार्फत हजारौं नेपाली अमेरिका पुगिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?