मेची अञ्चलका केवलहरूले ग्राहक ठग्दै, नेपाल सरकारले लियाे एक्सन!
सारांश
- काठमाडाै, १३ असाेज ।
- नेपाल सरकार सुचना तथा संचार मंत्रालयले मेची अंचलका केवलहरूमा अनुगमन गरेकाे छ।
- २०७५ वैशाख १५ बाट नेपाल अधिराज्यभरि अनिवार्य डिजिटल सिग्नल बन्द हुनुपर्नेमा हालसम्म पनि समयसिमा सर्दै गयको र राजस्व चुहावट भएको निवेदन परेपछि सुचना मंत्रालयले अनुगमनका लागि टोलि खटाएको हाे ।
काठमाडाै, १३ असाेज । नेपाल सरकार सुचना तथा संचार मंत्रालयले मेची अंचलका केवलहरूमा अनुगमन गरेकाे छ। २०७५ वैशाख १५ बाट नेपाल अधिराज्यभरि अनिवार्य डिजिटल सिग्नल बन्द हुनुपर्नेमा हालसम्म पनि समयसिमा सर्दै गयको र राजस्व चुहावट भएको निवेदन परेपछि सुचना मंत्रालयले अनुगमनका लागि टोलि खटाएको हाे । मन्त्रालयबाट आएको टोलिले झापा जिल्लाका प्राय सबैजसो केवलमा अनुगमन गरि पुर्णरुपमा एनालग सिग्नल बन्द गरि सबै डिजिटलाईजेसन हुने गरि कामकार्वाही गरिरहेको जनाईएको छ ।
मेचि अञ्चल भरि सिग्नल प्रसारण गर्ने मेचि स्पेसलिङ्क केवलले अझैपनि ४-५ वटा एनालग सिग्नल भएका च्यानल प्रसारण भईरहेकोले तुरुन्तै बन्द गर्न निर्देशन दिई टोलिले बन्द गराएको छ । अनुगमन टोलिका अनुसार मंत्रालयले एनालग सिग्नल बन्द गर्ने दियको समय सिमा सकियको तथा अझैपनि अटेर गर्ने केवल संचालकलाई तुरुन्तै कार्वाही गर्न बताएका छन । मेची अञ्चल कै सबैभन्दा ठुलो केवलनेटवर्क मेची स्पेस लिङ्क केवलले ४-५ वटा एनालग च्यानल चलायको तथा पुर्णरुपमा डिजिटल च्यानल प्रसारण नगरेको पाईएपछि ती च्यानल पुर्णरुपमा बन्द गराई पुर्णरुपमा डिजिटल च्यानल प्रसारण गर्न दवाव दिएको हाे ।अनुगमन पछाडि पूर्ण रुपमा एनालग सिग्नल भयका च्यानलहरु धमाधम बन्द भईरहेका छन ।
उक्त क्षेत्रका केवल ग्राहकहरूले अाफु ठगिएकाे महशुस गर्दै डिसहाेमकाे सेवा जडान गर्ने पनि बताए ।
प्रतिक्रिया