नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
नेपाली खाना अन्तर्राष्ट्रियस्तरमा चिनाउन कार्यालयकाे स्थापना !

सारांश

  • काठमाडौँ, २२ असोज ।
  • सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ ।
  • एशोसियशनको २४औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्थानीयस्तरको खानालाई समेट्नका लागि प्रदेशस्तरीय कार्यालय स्थापना गर्न लागेको जानकारी दिइयो ।

काठमाडौँ, २२ असोज । सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ । एशोसियशनको २४औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्थानीयस्तरको खानालाई समेट्नका लागि प्रदेशस्तरीय कार्यालय स्थापना गर्न लागेको जानकारी दिइयो । एशोसियशनका अध्यक्ष श्रीराम अधिकारीले नेपालमा धेरै जाति, जनजाति रहेकाले प्रत्येक जातजातिका विविध खाना र परिकारलाई समेट्न कार्यालय स्थापना गर्न लागेको जानकारी दिनुभयो । “नेपालका सबै खानालाई समेट्न सेफ्स एशोसियशनले सो सँग सम्बन्धित सङ्ग्राहलय बनाउने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो ।

एशोसियशनले नेपालका २६ प्रकारका खानालाई विश्वमा चिनाउन लागिपरेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारले राखेको लक्ष्य पूरा गर्न एशोसियशनले टर्की, अष्ट्रेलिया, भारत, जापान, चीनलगायतका मुलुकमा नेपाली खानाको प्रचार गर्न लागेको छ । एशोशियसनका महासचिव उद्धव थापाले विदेशबाट नेपाल घुम्न आएका पर्यटकलाई नेपाली मौलिक खानामा आकर्षण गर्न सेफ्स एशोसियशन लागेको बताउनुभयो । “नेपाल घुम्न आउने विदेशीले विदेशी खाना आफ्नै देशमा खाने हुँदा नेपाली खानालाई प्रोत्साहन गर्न सक्नुपर्छ, यसका लागि हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो ।

नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न एशोसियशनले विस २०७६ को वैशाखमा भक्तपुर दरबार क्षेत्रमा खाना महोत्सवको आयोजनासमेत गर्न लागेको छ । यस्तै आगामी असोज २६ गते शुक्रबारदेखि भारतको अमृतसरमा हुन लागेको ‘वल्र्ड हेरिटेज कुजीन समिट–२०१८’ मा नेपाली मौलिक खानालाई प्रदर्शन गर्न लागेको एशोसियशनले जनाएको छ । सन् १९९६ मा स्थापना भएको एशोसियशनमा हाल दुई हजारभन्दा बढी सदस्य रहेका छन् । जसमा पाँचतारेदेखि सामान्य होटलमा काम गर्ने सेफ आबद्ध रहेका छन् ।

एशोसियशनले विदेशी खाना बनाउने सम्बन्धमा विदेशी सेफसँग तालीम लिनुका साथै नेपाली सेफ हुन चाहने व्यक्तिलाई तालीम प्रदान गर्दै आइरहेको एशोसियशनका उपाध्यक्ष रेशम लामाले जानकारी दिनुभयो ।

(www.patchhawaii.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी
प्रदेश ३ प्रदेश सभा बैठक आज
प्रदेश ३ प्रदेश सभा बैठक आज
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
यस्तो छ चितवन प्रहरीको चाडपर्व लक्ष्यित सुरक्षा योजना
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतपरिणाम
भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतपरिणाम
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
कृषि सचिव डा. जिसी राजीनामा दिएर विश्व खाद्य कार्यक्रमको लागि बैंकक जाँदै
कृषि सचिव डा. जिसी राजीनामा दिएर विश्व खाद्य कार्यक्रमको लागि बैंकक जाँदै