रोहिङ्ग्या विरुद्धको दुव्र्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुकः संयुक्त राष्ट्रसंघ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
रोहिङ्ग्या विरुद्धको दुव्र्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुकः संयुक्त राष्ट्रसंघ

सारांश

  • याङ्गुन, २३ असोज ।
  • म्यान्मारका रोहिङ्ग्या समुदायका नागरिकमाथि भएको ज्यादतिको अनुसन्धान गर्न म्यान्मार अनिच्छुक रहेको आरोप संयुक्त राष्ट्रसंघीय अधिकारवादीले लगाएका छन् ।
  • यसअघि संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले गरेको अनुसन्धानमा म्यान्मारको सेनाले त्यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि दमन गरेको बताएको थियो ।

याङ्गुन, २३ असोज । म्यान्मारका रोहिङ्ग्या समुदायका नागरिकमाथि भएको ज्यादतिको अनुसन्धान गर्न म्यान्मार अनिच्छुक रहेको आरोप संयुक्त राष्ट्रसंघीय अधिकारवादीले लगाएका छन् । यसअघि संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले गरेको अनुसन्धानमा म्यान्मारको सेनाले त्यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि दमन गरेको बताएको थियो । सेनाको दुव्र्यवहार र दमन सहन नसकेर रोहिङ्ग्या समुदायका नागरिक बङ्गलादेशतर्फ भागेका थिए । उनीहरु सात लाखभन्दा बढीको सङ्ख्यामा हाल बङ्गलादेशमा रहेका छन् ।

राष्ट्रसंघीय मानवअधिकार निकायले यस ज्यादतिको छानबिन र त्यहाँको सेनामाथि नै कारबाहीको माग गरेको थियो । तर पनि म्यान्मार सरकारले अहिलेसम्म पनि यहाँको सेनालाई कारबाही गरेको छैन । म्यान्मारको सेनाले रोहिङ्ग्या समुदायका नागरिकलाई आतङ्ककारीको आरोप लगाउँदै हत्या र बलात्कार समेत गरेको रोहिङ्ग्याको आरोप छ । साथै ती आरोपहरुमा सत्यता रहेको राष्ट्रसंघीय मानवअधिकार निकायले जनाएको थियो । म्यान्मारको सेनाको प्रमुखलाई कारबाही गर्न राष्ट्रसंघले पहिले नै सिफारिश गरेको थियो । साथै सो निकायले रोहिङ्ग्यामाथि भएका ज्यादतिहरुको पनि आवश्यक अनुसन्धान गर्न भनेको थियो ।

तर म्यान्मार सरकारले भने यहाँको सेनाका प्रमुखमाथि कारबाही गर्न मानेको छैन । म्यान्मारले यदि ती सैनिक अधिकारीमाथि कारबाही नगर्ने हो भने यससम्बन्धमा थप कदम चालिने चेतावनी राष्ट्रसंघीय अधिकारीहरुले दिँदै आएका छन् । म्यानमारका लागि एकजना राष्ट्रसंघीय प्रतिवेदक याङही लिलाई म्यान्मार सरकारले गत डिसेम्बारदेखि म्यान्मार छिर्न दिएको छैन । राष्ट्रसंघले आफै म्यानमार आएर उक्त ज्यादतिको छानबिन गर्न माग गरेको छ । तर म्यान्मार सरकारले त्यो अनुमति दिएको छैन । साथै प्रतिवेदक लिलाई पनि देशभित्र छिर्न दिएको छैन । लिले मङ्गलबार म्यान्मार सरकारले रोहिङ्ग्यामाथि ज्यादति गर्ने अधिकारीहरुमाथि कारबाही गर्न सरकारले इच्छा नदेखाएको बताउनुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाघ गन्न राखेका क्यामेरा नै हराए
बाघ गन्न राखेका क्यामेरा नै हराए
विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
विश्व समाचार : उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत
प्रधानमन्त्री ओली युरोप यात्रामा
प्रधानमन्त्री ओली युरोप यात्रामा
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?
लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?
कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने– मन्त्री पण्डित
कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने– मन्त्री पण्डित
सालकको खपेटा सहित पक्राउ
सालकको खपेटा सहित पक्राउ
काठमाडौ क्षेत्र न १ मा एमालेका किरण पौडेल बलियो उम्मेवार, प्रकाशमानले के गर्लान ?
काठमाडौ क्षेत्र न १ मा एमालेका किरण पौडेल बलियो उम्मेवार, प्रकाशमानले के गर्लान ?
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”

तपाईंले छुटाउनुभयो कि?