रामेछाप आएको रात्रीबसमा ३ जना बेहोस

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
रामेछाप आएको रात्रीबसमा ३ जना बेहोस

सारांश

  • काठमाडाै, २४ असाेज ।
  • काँकडभित्ताबाट बर्दिबास हुँदै रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस फेला परेका छन् ।
  • ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

काठमाडाै, २४ असाेज । काँकडभित्ताबाट बर्दिबास हुँदै रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस फेला परेका छन् । ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बेहाेस हुनेमा वैतेश्वर ५ का बर्ष ६५ का शम्भु दाहाल, ३८ बर्षका शम्भु क्षेत्री र वर्ष २२ का मनिष थामी रहेको छ । उनिहरुको मन्थलीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दसैं तिहार मनाउन घर आउदै गरेका उनीहरुको साथबाट नगद लुटपाट गरेको हुनसक्ने आशंका गरिएको छ । बसका चालक र सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?