पार्टीभित्रै विरोध भएपछि यसरी पछि हटे बामदेव
सारांश
- नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् ।
- गौतमले काठमाडौं ७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि भएको थियो ।
- पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए ।
नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौतमले काठमाडौं ७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि भएको थियो ।
पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए ।
पार्टीभित्रै असहयोग हुने भएपछि काठमाडौं ७ लाई खाली गराएर चुनाव लड्ने निर्णयबाट गौतमजी पछि हट्नुभएको हो, मगरले भने ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दिया क्षेत्र १ बाट पराजित गौतमले काठमाडौं ७ लाई खाली गराएर फेरि चुनाव लड्ने योजना बुनेका थिए ।
आजको नागरिक दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया