धादिङमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु
सारांश
- काठमाडौ २७,असोज।
- धादिङ को पृथ्वी राजमार्ग भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा५ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका–१०, मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
- दुर्घटनामा परेको टिप्पर सडकबाट करिब ६ सय मिटर तल खसेको थियो।
काठमाडौ २७,असोज। धादिङ को पृथ्वी राजमार्ग भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा५ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका–१०, मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परेको टिप्पर सडकबाट करिब ६ सय मिटर तल खसेको थियो।
मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौंतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
अन्य तीन जना गम्भीर घाइते को भने काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रतिक्रिया