६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?
सारांश
- गएको शुक्रबारदेखि बलिउड स्टार सनी देओल ६२ वर्ष पुगेका छन् ।
- एक्सन हिरोको छबी बनाएका देओलले फिल्ममा बोलेका कैयौ डाइलग अहिले पनि दर्शकको कानमा गुन्जिरहन्छ ।
- ६२ वर्ष पुगिसक्दा पनि देओल फिटनेस हेर्न लायककै छ ।
गएको शुक्रबारदेखि बलिउड स्टार सनी देओल ६२ वर्ष पुगेका छन् । एक्सन हिरोको छबी बनाएका देओलले फिल्ममा बोलेका कैयौ डाइलग अहिले पनि दर्शकको कानमा गुन्जिरहन्छ । ६२ वर्ष पुगिसक्दा पनि देओल फिटनेस हेर्न लायककै छ । यो उमेरमा कतिपय घरमा थन्किएर बसिरहेका बेला उनी भने उत्तिकै तन्दुरुस्तीका साथ हिडिरहेक हुन्छन् । १९ अक्टोबर १९५६ मा पञ्जावमा जन्मिएका देओलको स्वस्थता र फिटनेसको कारण जानौ न त ।
सनी देओलको स्वस्थ्ताको सबैभन्दा ठूलो राज मानिन्छ, चुरोट र रक्सी । उनी चुरोट र रक्सीमा कहिल्यै हात लगाउँदैनन् ।
उनी आफुलाई फिट राख्न नियमित योग र व्यायाम गर्छन् । ढाडको समस्याका कारण भने आजकाल उनले भारत्तोलन भने गर्न छोडेका छन् ।
सनी टेनिस र स्क्वास नियमित खेल्ने गर्छन् । जब बाहिर कतै फिल्म वा अन्य कामका कारण पुग्छन्, त्यतिबेला उनी पडाडमा हिड्न दौडन बाँकी राख्दैनन् । यसले पनि उनको फिटनेस चुस्तदुरुस्त राख्न मद्दत पुगिरहेको छ ।
फिटनेस र मानशिक स्वास्थ्यका लागिग खेलकुद बाहेक अन्य उत्तम उपाय केही नभएको सनीको दावी छ । त्यस्तै उनी नियमित स्वीमिंग पनि गर्ने गर्छन् ।
नियमित व्यायामका साथै उनी खानपिनमा पनि निकै ध्यान दिन्छन् । साथै आराममा पनि उत्तिकै ध्यान दिन्छन् । रक्सी र चुरोट जस्तै उनी गुलिया मिठाईको सेवनबाट पनि टाढै रहने गरेका छन् ।
देओल सकेसम्म घरबाहिरको खाना खाँदैनन् । खानामा रोटी, दालभात, सागसब्जी उनको प्रिय भोजन हो ।
दुध दहि र हरिया तरकारी पनि देओल खुबै खान्छन् । उनलाई मेठीको पराठा पनि निकै मन पर्छ । यस्ता सन्तुलित भोजनका कारण पनि उनको फिटनेस ढल्कदो उमेरमा पनि राम्रो छ ।
बेताव फिल्मबाट १९८२ देखि बलिउडमा प्रवेश गरेका सनी देओलका छोरा समेत फिल्ममा आउँदैछन् ।
प्रतिक्रिया