महिलाका कारण गुगलका वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारी बर्खास्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,९ कात्तिक ।
  • गुगलका कर्मचारीले पनि यौन हिंसा गरेको पुष्टि भएको छ ।
  • सोही आरोपमा कम्पनीले कम्पनीले १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई सेवाबाट निस्कासित गरेको छ ।

काठमाडौं,९ कात्तिक । गुगलका कर्मचारीले पनि यौन हिंसा गरेको पुष्टि भएको छ । सोही आरोपमा कम्पनीले कम्पनीले १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई सेवाबाट निस्कासित गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आफ्नै महिला कर्मचारीमाथि यौन उत्पीडन तथा बलात्कारको प्रयास गरेको आरोपमा उनीहरु निस्कासित भएका हुन् । सन् २०१६ देखि यौन उत्पीडनको आरोप लागेका उनीहरुलाई गुगलले सेवाबाट निस्कासन गरेको हो । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचईले आफ्ना कर्मचारीको नाममा पत्र सार्वजनिक गर्दै दुर्व्यवहारको आरोपमा यो कडा निर्णय गरिएको बताएका छन् ।

यो पत्र न्यूयोर्क टाइम्समा सार्वजनिक भएको एउटा प्रतिवेदनको जवाफमा लेखिएको बताइएको छ । जसमा एन्ड्रोइड निर्माता एन्डी रुविनमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदाइ गरिएको उल्लेख थियो । तर, रुविनका प्रवक्ताले भने यो आरोपलाई अस्वीकार गरेका थिए । रुविनले सन् २०१४ मै कम्पनी छाडेका थिए । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार त्यस बेला उनलाई भव्य पार्टी दिइएको थियो । प्रमुख कार्यकारी अधिकृत पिचईले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्दा धेरै कष्ट भएको र यसबारे गुगल गम्भीर रहेको उल्लेख गरेका छन् । उनले गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र दिन तयार रहेको बताएका छन् । उनले यौन उत्पीडनको आरोपबारे अनुसन्धान गरेपछि नै कर्मचारी निस्कासनको फैसला गरिएको जिकिर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय
तेस्राे पटक ‘हेरा फेरी’ गर्दै अक्षय
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
इजरायलबाट थप १९ जना नेपालीको उद्धार
इजरायलबाट थप १९ जना नेपालीको उद्धार
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
पचास लाख पर्यटक भित्र्याउने पूर्व सञ्चारमन्त्री सापकोटाको उद्घोष
पचास लाख पर्यटक भित्र्याउने पूर्व सञ्चारमन्त्री सापकोटाको उद्घोष
बागमतीमा ६ मन्त्रीले लिए शपथ
बागमतीमा ६ मन्त्रीले लिए शपथ
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक शुक्रबारदेखि काठमाडौंमा बस्ने
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा
बाबुराम भट्टराईले हत्यामा निर्दाेषलाइ फसाएकाे प्रहरी वरिष्ठ अधिकृतकाे खुलासा