यसकारण प्रहरीले समात्याे ‘कट्टु’ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १३ कार्तिक ।
  • प्रहरीले काठमाडौं उपत्यकामा भएका दर्जनौ डाँका र लुटपाट मुद्दामा संलग्न रहेका कट्टु उपनामले चिनिने मनिष मानन्धरलाई पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले कट्टुलाई काठमाडौँको सोल्टीमोडबाट सोमबार पक्राउ गरेको हो ।

काठमाडौँ, १३ कार्तिक । प्रहरीले काठमाडौं उपत्यकामा भएका दर्जनौ डाँका र लुटपाट मुद्दामा संलग्न रहेका कट्टु उपनामले चिनिने मनिष मानन्धरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले कट्टुलाई काठमाडौँको सोल्टीमोडबाट सोमबार पक्राउ गरेको हो ।परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार मानन्धर २०६५ मा कालिमाटीमा भएको डाँका मुद्दामा फरार रहेका अभियुक्त हुन् । प्रहरीका अनुसार उनी नौ वटा मुद्दामा संलग्न रहेको खुलेको छ । एसएसपी लामाका अनुसार चार वर्ष कैद सजाय भुक्तान गरेका मानन्धर नौ वटा हातहतियार तथा डाँका मुद्दाका आरोपी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?