मेलिलामाथि रियलले निकाल्याे ४-० काे जित !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
मेलिलामाथि रियलले निकाल्याे ४-० काे जित !

सारांश

  • काठमाडौं, १५ कात्तिक ।
  •  स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा रियल मड्रिडले फराकिलो जित निकालेको छ।
  • अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको प्रशिक्षणमा मैदान उत्रिएको स्पेनिस जाइन्ट रियल मड्रिडले बुधबार राति तेस्रो डिभिजनको मेलिलामाथि ४-० को सहज जित निकालेको छ ।

काठमाडौं, १५ कात्तिक । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा रियल मड्रिडले फराकिलो जित निकालेको छ। अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको प्रशिक्षणमा मैदान उत्रिएको स्पेनिस जाइन्ट रियल मड्रिडले बुधबार राति तेस्रो डिभिजनको मेलिलामाथि ४-० को सहज जित निकालेको छ ।

यसअघि लिगमा रियलले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि मुख्य प्रशिक्षक जुलियन लुपेटेगुईलाई बर्खास्ती गर्दै सोलारीलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो। मेलिलाको घरेलु मैदानमै रियलले सोलारीको पहिलो प्रशिक्षणमा सहज जित निकाल्न सफल भयो। रियललाई जित दिलाउन करिम बेन्जिमा, मार्को एसेन्सियो, अल्भोरो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले एक एक गोल गरे ।

खेलको २८औं मिनेटमा अल्भारो ओर्डिजोलाको पासमा बेन्जेमाको गोलबाट रियलले खेलमा अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा भेनेसियस जुनियरको पासमा मार्का एसेन्सियोले गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो।

रियलले दोस्रो हाफमा थप दुई गोल गर्‍यो

खेलको ७९ औं मिनेटमा भेनेसियस जुनियरको पासमा ओर्डिजोलाले गोल गरेपछि रियलले खेलमा ३–० को अग्रता बनाएको थियो। इन्जुरी समयमा ओर्डिजोलाको पासमा क्रिस्टो गोन्जालेजले गोल गर्दै रियललाई ४–० को सहज जित दिलाए। यो जितसँगै रियलले कोपा डेल रेको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। अब रियलले दोस्रो लेग डिसेम्बर ६ मा घरेलु मैदानमा खेल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?