माथिल्लो तामाकोशीमा सर्वसाधारणको शेयरमा ओइरो
सारांश
- काठमाडौं ।
- हालै खोलिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण शेयरमा सर्वसाधारणले शेयरमा ओइरो लगाएका छन् ।
- निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला तामाकोशीमा भने शेयरको ओइरो लागेको हो ।
काठमाडौं । हालै खोलिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण शेयरमा सर्वसाधारणले शेयरमा ओइरो लगाएका छन् । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला तामाकोशीमा भने शेयरको ओइरो लागेको हो ।
कात्तिक १५ गतेदेखि बिक्री शुरु भएको कम्पनीको साधारण शेयरमा आइतबारसम्म ४ अर्ब रुपैयाँ बराबरको शेयर परेको छ ।
२ लाख ६ हजार ९९१ जनाले गरी ३ अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएको आयोजनाले जनाएको छ । आइतबार साँझसम्म कम्पनीले १ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो ।
कम्पनीले आज सोमबारसम्म आवेदन दिने म्याद तोकेको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।
कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आज थप एक डेढ अर्बसम्मको आवेदन पर्नसक्ने सम्भावना रहेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया