व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • मन्त्रिपरिषदको वैठकका निर्णय समयमै सार्वजनिक नगरिएको भन्दै आलोचना भैरहेका बेला सरकारले व्यवस्थित गर्नका लागि हरेक बिहिबार सार्वजनिक गर्ने भएको छ ।
  • मन्त्रिपरिषदको वैठक नसकिंदै निर्णयहरु बाहिर आएर अनावश्यक हल्ला हुने गरेकाले सरकारले व्यवस्थित गर्न साताको एक दिन छुट्टाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् ।

काठमाडौं । मन्त्रिपरिषदको वैठकका निर्णय समयमै सार्वजनिक नगरिएको भन्दै आलोचना भैरहेका बेला सरकारले व्यवस्थित गर्नका लागि हरेक बिहिबार सार्वजनिक गर्ने भएको छ ।

मन्त्रिपरिषदको वैठक नसकिंदै निर्णयहरु बाहिर आएर अनावश्यक हल्ला हुने गरेकाले सरकारले व्यवस्थित गर्न साताको एक दिन छुट्टाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् ।

गत आइतबार बेलुका बसेको मन्त्रिपरिषद वैठकका निर्णय सार्वजनिक नगर्दा निकै आलोचना भएको थियो । सरकारले बिहिबार मन्त्रिपरिषदले गरेको २२ वटा निर्णय सार्वजनिक गरेको छ ।

राजा वीरेन्द्र शाह तथा उनको परिवारको नाममा काठमाडौंको विभिन्न स्थानमा रहेको ७१ रोपनी जग्गालाई नेपाल ट्रस्टका नाममा ल्याउने निर्णय गरेको छ ।

बैठकले डा. राजन भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गरेको छ ।
गरिबी निवारण कोषको पुनर्संरचनासम्बन्धी कार्ययोजना स्वीकृत गर्दै भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राख्ने निर्णय भएको छ । त्यसैगरी नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा रमण नेपाललाई नियुक्त गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद वैठकले पूर्व–पश्चिम राजमार्ग सुधारका लागि एशियाली विकास बैंकले उपलब्ध गराउने करिब साढे छ अर्ब अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा अनुदान स्वीकार गरेको छ ।

बैठकले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापनाका लागि एक वर्ष समय थपेको छ ।

लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ ।
मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ ।
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
अल नासरसँग इन्टर मियामीको लज्जास्पद हार
अल नासरसँग इन्टर मियामीको लज्जास्पद हार
प्रचण्ड, देउवा र ओली किन तारन्तार भेटिरहेका छन् ?
प्रचण्ड, देउवा र ओली किन तारन्तार भेटिरहेका छन् ?
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
के यो फाेटाेले तरकारीवालि युवतिकाे जस्तो चर्चा कमायाे त  ???
के यो फाेटाेले तरकारीवालि युवतिकाे जस्तो चर्चा कमायाे त ???
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
प्रधानमन्त्री देउवा अबुधाबीमा
प्रधानमन्त्री देउवा अबुधाबीमा