मिस वल्र्डको सेमिफाइनलमा श्रृंखला
सारांश
- चीनको सान्या सहरमा भइरहेको मिस वल्र्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ श्रृंखला खतिवडा अघिल्लो चरणमा पुग्न सफल भएकी छन् ।
- एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा श्रृंखला उत्कृष्ट ३० मा छनोट हुँदै सेमिफाइनलमा पुगेकी हुन् ।
- टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन् ।
चीनको सान्या सहरमा भइरहेको मिस वल्र्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ श्रृंखला खतिवडा अघिल्लो चरणमा पुग्न सफल भएकी छन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा श्रृंखला उत्कृष्ट ३० मा छनोट हुँदै सेमिफाइनलमा पुगेकी हुन् ।
टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी हुन् । सेमिफाइनलमा पुग्दा आफु निकै खुशी भएको बताउँदै उनले नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गरेकी छन् । यस वर्षकी मिस नेपाल २२ वर्षीय श्रृंखला पेसाले इन्जिनियर हुन् । यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा श्रृंखला सुरुवात देखि नै चर्चामा छिन् । उनको उपाधिको दावेदार समेत मानिएको छ । एसियाबाट उनी यो प्रतियोगितामा सबैभन्दा प्रभावाशाली सावित भएकी छन् । डिसेम्बर ८ मा मिस वल्र्डको अन्तिम प्रतिष्पर्धा हुनेछ ।
प्रतिक्रिया