मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सारांश

  • काठमाडौं ।
  • मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
  • मोरङ पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक ६५ वर्षीय ओमनाथ उप्रेतीको मृत्यु भएको हो ।

काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मोरङ पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक ६५ वर्षीय ओमनाथ उप्रेतीको मृत्यु भएको हो ।

गए राति पश्चिमबाट पूर्व जाँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक पथरीशनिश्चरे–१० बस्ने उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ५३ वर्षीय भरतमणि आचार्य घाइते भएका छन् । उनको त्यही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?