भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
सारांश
- काठमाडौं ।
- न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चका दुई जना वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ ।
- प्रधानन्यायाधीशको नियुक्त सम्बन्धि कानुनी व्यवस्थाअनुसार न्याय परिषद्ले न्यायाधीशहरु दिपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको हो ।
काठमाडौं । न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चका दुई जना वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ ।
प्रधानन्यायाधीशको नियुक्त सम्बन्धि कानुनी व्यवस्थाअनुसार न्याय परिषद्ले न्यायाधीशहरु दिपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको हो ।
स्रोतका अनुसार यसअघि नै प्रधानन्यायाधीशमा सिफारिस भएर पनि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका दिपकराज जोशीलाई एक नम्बरमा राखेर सिफारिस गरिएको छ । यद्यपी कैफियतमा संसदीय समितिबाट अस्वीकृत भन्ने पनि खुलाइएको जनाइएको छ ।
संसदीय समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि दिपकराज जोशीलाई सर्वोच्चबाट विदाई गर्न खोजिएको थियो । तर, उनले फेरि पनि प्रधानन्यायाधीशका लागि पहल गर्ने मनस्थिति बनाएर राजिनामा दिएनन् ।
वरिष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नुपर्ने कानुनी वाध्यताका कारण न्याय परिषद्ले जोशीलाई सिफारिस गरे पनि प्रधानन्यायाधीश भने राणा नै बन्ने अनुमान गरिएको छ ।
उमेर हदका कारण आगामी पुस २७ मा वर्तमान प्रधानन्यायाधीश ओमप्रकास मिश्रले अवकास पाउँदैछन् । त्यसैले नयाँ प्रधानन्यायाधीशको खोजी शुरु भएको हो ।
प्रतिक्रिया