कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
सारांश
- कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई सोल्टी होटलमा पु¥याएर फर्किने क्रममा त्रिपुरेश्वरमा कारगेडमा प्रयोग भएको मोटरसाइकल दुर्घटना भएको छ ।
- बिहीबार साँझ भएको दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरुङ घाइते भएका छन् ।
- उनले चलाएको बा.
कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई सोल्टी होटलमा पु¥याएर फर्किने क्रममा त्रिपुरेश्वरमा कारगेडमा प्रयोग भएको मोटरसाइकल दुर्घटना भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरुङ घाइते भएका छन् । उनले चलाएको बा.दुई ख २५ ४३ नम्बरको मोटरसाइकललाई बा.१ज ६५७७ नम्बरको माइक्रोबसले ठक्कर दिएपछि दुर्घटना भएको हो । घाइते गुरुङलाई उपचारको लागि नर्भिक अस्पतालमा लगिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया