अन्तरप्रदेश परिषद् बैठकको तयारी पुरा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
१५ पटक हेरिएको
Shares
अन्तरप्रदेश परिषद् बैठकको तयारी पुरा

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरप्रदेश परिषद्को बैठकको तयारी पुरा भएको जनाएको छ ।
  • आइतवारबाट प्रधानमन्त्री कार्यालयमा परिषद्को पहिलो बैठक बस्दैछ ।

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरप्रदेश परिषद्को बैठकको तयारी पुरा भएको जनाएको छ । आइतवारबाट प्रधानमन्त्री कार्यालयमा परिषद्को पहिलो बैठक बस्दैछ । संविधानको धारा २३४ अनुसार संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधानका लागि अन्तरप्रदेश परिषद् गठन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषद्मा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य रहनु भएको छ । परिषद्को बैठक यसअघि भदौ २४ गतेका लागि बोलाइएको थियो तर तयारी पूरा नभएको भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

प्रधानमन्त्री ओली लगातार व्यस्त भएपछि बैठक बस्न सकिरहेको थिएन । प्रदेशमा ऐन कानुन बनाउनुदेखि कर्मचारी तथा अधिकार बाँडफाँटको विषयलाई लिएर प्रदेश सरकारले संघीय सरकारसमक्ष गुनासो गर्दै आइरहेका छन् ।

परिषद्को बैठकमा सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्रीको कार्यालयका सचिव समेत उपस्थिति रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?