पूर्वमन्त्री पाण्डेसहित यी २१ जना परे अख्तियारको फन्दामा, नाम सूचिसहित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
५८ पटक हेरिएको
Shares
पूर्वमन्त्री पाण्डेसहित यी २१ जना परे अख्तियारको फन्दामा, नाम सूचिसहित

सारांश

  • काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेमा बन्दै गरेको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
  • पाण्डे पूर्वमन्त्री मात्रै होइनन, आयोजनाको जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख एवं राप्रपा नेतासमेत हुन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेमा बन्दै गरेको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

पाण्डे पूर्वमन्त्री मात्रै होइनन, आयोजनाको जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीका प्रमुख एवं राप्रपा नेतासमेत हुन्। अख्तियारले राष्ट्रिय गौरवको सिक्टा आयोजनामा ८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँबराबरको भ्रष्टाचार भेटिएको दाबीसहित नेता पाण्डेसहित २१ जनालाई मुद्दा चलाएको हो।

सिटिसिई कालिका कन्स्ट्रक्सन कम्पनीले मूल नहर बनाएपछि परीक्षणका क्रममा पटकपटक भत्केको सिक्टाको ४५ मध्ये ४२ किलोमिटर मूल नहर निर्माण गरेको हो। बाँकेमा राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूलनहर भत्किएको, डिजाइनमा त्रुटी देखिएको, आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय काम गर्न नसकेको अख्तियारको ठहर छ ।

ठेकेदारको मिलेमतोमा जानी जानी बदनियतका घुलनशील माटोको प्रयोग गरी, ठेक्का सम्झौतामा उल्लेख गरिएका गुणस्तर परीक्षणहरु समेत नगरी काम गरिएको अख्तियारले उल्लेख गरेको छ ।

ठकेदारलाई उन्मुक्ति दिई सरकारलाई हानी नोक्सानी पुर्याउने नियतले भुक्तानी लिने र दिने काम गरे गराएको सप्रमाण पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख छ ।

कसलाई कति मागदाबी माग्दै अख्तियारले मुद्दा चलायो भन्ने हेर्नुस्…

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?