लगानीकर्ताले आजदेखि अनलाईमार्फत सेयर कारोबार गर्न पाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
लगानीकर्ताले आजदेखि अनलाईमार्फत सेयर कारोबार गर्न पाउने

सारांश

  • काठमाडौं, २३ मंसिर ।
  • लगानीकर्ताले आजदेखि सिधैं अनलाईमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् ।
  • ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् ।

काठमाडौं, २३ मंसिर । लगानीकर्ताले आजदेखि सिधैं अनलाईमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् । ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् ।

कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता गर्नुपर्छ । सम्झौतापछि ब्रोकरले युजर नेम र पासवर्ड प्रदान गर्नेछ । त्यही बाटोमार्फत लगानीकर्ताले आफू रहेकै स्थानबाट ईन्टरनेटमार्फत सेयर खरिद बिक्री गर्न सक्नेछन् ।

नेप्सेले पूर्ण स्वचालित विद्यूतीय कारोबार शुरु गरेको एक महिनापछि लगानीकर्ताले कारोबारमा सीधा पहुँच पाउने भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?