देशभर चिसो बढ्यो
सारांश
- काठमाडौं, २६ मंसिर ।
- राजधानी काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
- केही स्थानको तापक्रम शून्यमै झरेको छ भने अधिकांश स्थानको न्यूनतम तापक्रम १० भन्दा कम छ ।
काठमाडौं, २६ मंसिर । राजधानी काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । केही स्थानको तापक्रम शून्यमै झरेको छ भने अधिकांश स्थानको न्यूनतम तापक्रम १० भन्दा कम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम बुधबार बिहान ४ डिग्री सेन्टिग्रेड मापन भएको छ ।
यसअघि शनिबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ मापन भएको थियो । शनिबारको तुलनामा तापक्रम केही बढे पनि खासै सुधार आएको छैन । जुम्लामा सबैभन्दा बढी चिसो छ । महाशाखाका अनुसार, यहाँको तापक्रम माइनस ४ डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । जुम्लापछिको चिसो जोमसोममा छ । पूर्वानुमान महाशाखाका अनुसार, यहाँको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री छ । दिउँसोको समयमा अधिकतम ८ डिग्रीसम्म पुग्ने गरेको छ ।
जिरीको न्यूनतम तापक्रम माइनस ०.५ र अधिकतम १५ डिग्री सेन्टिग्रेडको वरिपरि छ । त्यसैगरी डडेल्धुरा र दीपायल पनि केही दिनदेखि चिसिएका छन् । यहाँको न्यूनतम तापक्रम क्रमशः ३.३ देखि ४.५ सम्म मापन भएको छ ।
प्रतिक्रिया