प्रदेश २ का प्रदेशप्रमुख र आदित्यनाथबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश २ का प्रदेशप्रमुख र आदित्यनाथबीच भेटवार्ता

सारांश

  • काठमाडौं, २६ मंसिर – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थसँग शिष्टाचार भेट गरेका छन् ।
  • मंगलबार जनकपुरधाम आएका उनले प्रदेशप्रमुखसँग शिष्टाचार भेट गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
  • उक्त भेटम भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी थिए ।

काठमाडौं, २६ मंसिर – भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थसँग शिष्टाचार भेट गरेका छन् ।

मंगलबार जनकपुरधाम आएका उनले प्रदेशप्रमुखसँग शिष्टाचार भेट गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ । उक्त भेटम भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी थिए ।

विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए ।

उनले आजै जानकी मन्दिरमा पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?