घर नबनाएपछि लाभग्राहीले रकम फिर्ता गरे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
घर नबनाएपछि लाभग्राहीले रकम फिर्ता गरे

सारांश

  • काठमाडौं ।
  • भूकम्पपछि निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका काभ्रेका ५ जनाले पाएको रकम फिर्ता गरेका छन् ।
  • समयमा घर बनाउन नसकेका ५ जनाले ५ जनाले लाभग्राहीलाई आग्रह गरेपछि पाँच लाभग्राहीले आवास निर्माण गर्न नसकेका कारण रकम फिर्ता गरेका बताउनुभयो ।

काठमाडौं । भूकम्पपछि निजी आवास पुनःनिर्माणका लागि लाभग्राहीको सूचीमा नाम परेर घर नबनाएका काभ्रेका ५ जनाले पाएको रकम फिर्ता गरेका छन् ।

समयमा घर बनाउन नसकेका ५ जनाले ५ जनाले लाभग्राहीलाई आग्रह गरेपछि पाँच लाभग्राहीले आवास निर्माण गर्न नसकेका कारण रकम फिर्ता गरेका बताउनुभयो ।

रोशी गाउँपालिका–४ महादेवटारका मानबहादुर लामा र धनबहादुर तामाङ, पनौती नगरपालिका–५ बाँसघारीका शैलेन्द्रकुमार थापा, भुम्लु गाउँपालिका–१ का अर्जुन महत र सोही गाउँपालिका–५ का शिवबहादुर खड्काले रकम फिर्ता गरेका हुन् ।

सम्झौता गरी घर नबनाएकाले कि त तोकिएको समयमा बनाइसक्नुपर्ने, कि रकम फिर्ता गर्नुपर्ने भनी सार्वजनिक रूपमा सूचना आह्वान गरेपछि कसरी रकम फिर्ता गर्ने भनेर सल्लाह लिन आउनेको संख्या बढेको हो ।

काभ्रेमा ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएकामा अनुदान सम्झौता गरेका ६८ हजार ८२६ जनाले पहिलो किस्ता रकम बुझिसकेका छन् । अझै १४ हजार सातले अनुदान सम्झौता गर्न बाँकी नै रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?