विवाह पञ्चमी महोत्सव सम्पन्न हुँदै
सारांश
- काठमाडौं, २७ मंसिर ।
- विवाह पञ्चमी महोत्सव आज सम्पन्न हुँदैछ ।
- मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मिथिला संस्कृति अनुसार सीता र रामको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ ।
काठमाडौं, २७ मंसिर । विवाह पञ्चमी महोत्सव आज सम्पन्न हुँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मिथिला संस्कृति अनुसार सीता र रामको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ । विवाह पञ्चमी महोत्सवको आज अन्तिम दिन राम जानकीको रामकलेवा सम्पन्न भएपछि साताव्यापी रुपमा मनाइएको विवाह पञ्चमी महोत्सव समापन हुनेछ ।
रामकलेवामा राम, लक्ष्मण, भरत, शत्रुधन, सीता, उर्मिला, माण्डवी र श्रुतीकृतिलाई एकै ठाउँमा बसाएर खाना खुवाइएपछि महोत्सव सम्पन्न हुनेछ । खाना खुवाउनका लागि जानकी मन्दिरको प्राङ्गणमा विशेष मण्डप बनाइको छ ।
रामकलेवाको अवसरमा मन्दिरको प्राङ्गणमा हजारौं सहभागी हुँदैछन् । जानकी मन्दिरको प्राङ्गणमा जानकी मन्दिरका महन्तले अयोध्याबाट आएका जन्तीलाई लत्ता कपडा, प्रसाद दिएर विदाई गर्नेछन् ।
प्रतिक्रिया