घ्याङफेदी दुर्घटना ः मृतकको सङ्ख्या २० पुग्यो
सारांश
- काठमाडौं, २९ मंसिर ।
- नुवाकोटमा हिजो साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
- दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जनाको मृत्यु भएको छ ।
काठमाडौं, २९ मंसिर । नुवाकोटमा हिजो साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जनाको मृत्यु भएको छ ।
उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र १७ पुरुष रहेका छन् ।
घटनास्थलमै मृत्यु भएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडाँैमा शुकराम तामाङको मृत्यु भएको छ ।
घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ । मिनीट्रक सडकबाट करीब ५ सय मिटर तल तादी खोलामा खसेको थियो ।
प्रतिक्रिया