कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधान संशोधन प्रस्ताव सोमबार पेश गर्ने तयारी गरिएको छ।
  • विधान संशोधन मस्यौदामाथि केन्द्रीय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिन सम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको थिएन।

काठमाडौं। नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधान संशोधन प्रस्ताव सोमबार पेश गर्ने तयारी गरिएको छ। विधान संशोधन मस्यौदामाथि केन्द्रीय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिन सम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको थिएन। महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रिय समितिले पारित गर्नुपर्छ।

विधान संशोधन प्रस्तावमा केन्द्रीय समिति भित्र मुख्य रुपमा पदाधिकारीको संख्या बारे मतभिन्नता अझै कायम रहेको छ । विधान मस्यौदा समितिले केन्द्रिय समितिमा ल्याएको प्रस्तावमा केन्द्रीय समितिको संख्या ८५ बाट बढाएर १ सय ४१ पु¥याएपनि पदाधिकारीको संख्या भने अझै बढाइएको छैन।

केन्द्रीय समितिको संख्या बढाएसंगै पदाधिकारीको पनि संख्या बढाउने विवाद टुङगोमा नपुग्दा महाससमिति बैठकमा विधान मस्यौदा प्रस्ताव पेश हुन सकेको थिएन।
महासमिति बैठकमा आइतवार पार्टीको सांगठनीक, राजनीतिक र समग्र आर्थिक नीति लगायतका प्रस्ताव पेश भएको थियो। पेश भएका प्रस्तावमाथि प्रदेश स्तरीय सात समुह बनाई छलफल गरिने बताइएपनि बैठकमा समय मागेर बोल्ने क्रम जारी रहेको छ ।

आइतवार साझ अवेर सम्म १ सय ५० जना जति महासमिति सदस्यहरुले धारणा राखेका थिए।

महासमिति बैठकमा हिन्दुराष्ट्रको प्रस्ताव पनि लैजान महासमिति सदस्यहरुले पहल गरिरहेका छन्। केन्द्रीय कार्यसमितिले उक्त प्रस्ताव नल्याएपछि महासमिति सदस्यहरुले सनातन हिन्दुराष्ट्र अंगिकार गर्ने गरी विधान संशोधन गर्न हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन्। केन्द्रीय समितिले प्रस्ताव नल्याएपछि सो प्रस्तावलाई एजेण्डाको रुपमा लैजान कुल महासमिति सदस्य मध्य २५ प्रतिशतको सहमति चाहिन्छ।

(https://uniforumtz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?