म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई

सारांश

  • काठमाडौँ,३ पुस ।
  • इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई खर्बास्त गरेको छ ।
  • जारी लिगमा निकै खराब प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई क्लबले साढे दुई वर्षपछि बर्खास्त गरेको छ ।

काठमाडौँ,३ पुस । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई खर्बास्त गरेको छ । जारी लिगमा निकै खराब प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई क्लबले साढे दुई वर्षपछि बर्खास्त गरेको छ ।

क्लबले विज्ञप्ति निकाल्दै मोउरिन्हो क्लबको प्रशिक्षकमा नरहेको जनाएको हो । क्लबको अन्तरिम प्रशिक्षकको टुंगो चाँडै लगाउने क्लबले जनाएको छ ।

म्यानचेस्टर युनाइटेडका लागि प्रिमियर लिगको इतिहासमा पछिल्लो २८ वर्षमा सबैभन्दा खराव नतिजा दिलाएका मोउरिन्होलाई बर्खास्त गरेको खबर क्लबले ६५ शब्दमा व्यक्त गरेको छ ।

५५ वर्षका प्रशिक्षक मोउरिन्हो युरोपियन क्लबका सफल प्रशिक्षक मानिने भए पनि पछिल्लो पटक उनको सफलता क्रमबद्ध रुपमा खस्कँदै गएको थियो । सन्काहा प्रवृतिका मानिएका मोउरिन्होले म्यानचेस्टर युनाइटेडमा आएर लिग कप, युरोपा लिगको उपाधि दिलाएका थिए । तर प्रिमियर लिगमा निकै खराब प्रदर्शन गरेको उसले आइतबार लिभरपुलविरुद्ध तीन–एकको हार ब्यहोरेको थियो ।

हारका कारण लिगमा टिम १९ अंकका साथ छैटौ स्थानमा रहेको छ । क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेका कारण मोउरिन्होले २२ दशमलव ५ मिलियन पाउण्ड रकम पाउने भएका छन् ।

क्लबले ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्धका लागि टिमसँग राम्रोसँग सल्लाह नगरेको पनि आरोप लगाएको छ । युनाइटेडको प्रशिक्षकका लागि रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान र माउरिसीयो पोचिटिनोको नाम चर्चामा रहेको छ । च्याम्यिन्स लिगमा युनाइटेडले पेरीस सेन्ट जर्मेनसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली
माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली
शेरबहादुर तामाङ मात्रै होइन आफ्नै बोलीले पद गुमाउने यस्ता छन् हस्तीहरु
शेरबहादुर तामाङ मात्रै होइन आफ्नै बोलीले पद गुमाउने यस्ता छन् हस्तीहरु
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलनको भव्य तयारी
कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलनको भव्य तयारी
गृह मन्त्रालयको विप्लवसहितका ठूला नेता पक्राउ गर्न निर्देशन
गृह मन्त्रालयको विप्लवसहितका ठूला नेता पक्राउ गर्न निर्देशन
कति छ बिहीबार, विदेशी मुद्राको विनिमय दर ?
कति छ बिहीबार, विदेशी मुद्राको विनिमय दर ?
कानुन विपरित हुँदैछ प्रधानमन्त्रीको राजकीय भारत भ्रमण!
कानुन विपरित हुँदैछ प्रधानमन्त्रीको राजकीय भारत भ्रमण!
कञ्चनपुरमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
कञ्चनपुरमा ६८ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
देशभरका प्रहरीको एकै थरी पोसाक
देशभरका प्रहरीको एकै थरी पोसाक

तपाईंले छुटाउनुभयो कि?