कंगनालाई जन्माउन चाँहदैन थिए उनका बुवा आमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
कंगनालाई जन्माउन चाँहदैन थिए उनका बुवा आमा

सारांश

  • बलिउड ‘क्वीन’ कंगना रनोटको मोस्टअवेटेड फिल्म ‘मणिकर्णिका’ को ट्रेलर १८ डिसेम्बरमा रिलीज भयो।
  • ट्रेलरमा झाँसीकी रानी लक्ष्मीबाईको भूमिकामा कंगलाले धेरै मेहनत गरेकी छन्।
  • फिल्ममा राम्रो अभियन, संवाद, वीएफएक्स र कंगनाको निर्देशनको पनि प्रसंसा भइरहेको छ।

बलिउड ‘क्वीन’ कंगना रनोटको मोस्टअवेटेड फिल्म ‘मणिकर्णिका’ को ट्रेलर १८ डिसेम्बरमा रिलीज भयो। ट्रेलरमा झाँसीकी रानी लक्ष्मीबाईको भूमिकामा कंगलाले धेरै मेहनत गरेकी छन्। फिल्ममा राम्रो अभियन, संवाद, वीएफएक्स र कंगनाको निर्देशनको पनि प्रसंसा भइरहेको छ। तर कंगना बुवा आमाले इच्छा विपरित जन्मिएकी थिइन्। महिला दिवसका दिन दिएको एक अन्तर्वातामा कंगनाले आफू जन्मिदा आफ्ना बुवा आमा खुशी नभएको बताएकी थिइन्। कंगनाकी दिदी रंगोलीको जन्म हुँदा परिवारमा खुशीयाली छाएको थियो। ‘तर दोस्रो सन्तानका रुपमा पनि छोरी कै जन्म हुँदा परिवारका सदस्य खुशी थिएनन्,’ उनले अन्तर्वातामा भनेकी छन्।
कंगनाका बुवा अमरदीप रनोट पेशाले व्यापारी हन्। उनी आफ्ना छोरीलाई डक्टर बनाउ चाहन्थे। उनले मेडिकलको पढाइकालागि कंगनालाई चण्डीगढको डीएभी स्कुलमा भर्ना गराएका थिए। तर स्कुलमा कंगललाई साइन्सका किताबप्रति रुची थिएन। उनलाई मोडलिङ गर्न मन पथ्र्यो। स्कुलमा हुने सबै कार्यक्रममा कंगना भाग लिन्थिन्। स्कुलकी प्रिन्सिपल डा. राकेश सचदेवाका अनुसार कंगना त्यतिबेलै देखि मोडलिङमा रुची राख्थिइन्। कंगनालाई मोडलिङका कति धेरै रुची थियो भने उनी स्कुल छोडेर होस्टेलबाट पीजीमा सिफ्ट भइन्। यो कुरा जब बुवा अमरदीपले थाहा पाए तब कंगनाको पिटाइ भयो।
कंगलालाई सुरुदेखि नै मोललिङको शोख थियो। अभिनयकालागि उनी कसैको अनुमति नलिइ १५ वर्षको उमेरमा चण्डीगढदेखि दिल्ली आएकी थिइन्। दिल्लीमा इण्डिया ह्याबिटेट सेन्टरका निकै मेहनतपछि अभिनय गर्ने मौका पाइन्। ५ पहिनापछि एक्टिङ वर्कशपका अरविन्द गौडले कंगनालाई मौका दिए। ब्याक स्टेज एक्टिङ गर्दा गर्दै कंगनालाई एक पटक एंकर गर्ने मौका मिल्यो। यही एंकरिङलाई नै कंगना आफ्नो पहिलो ब्रेक ठाक्छिन्। त्यसपछि उनी मुम्बइ गइन्।
भारतीय संचामाध्यमका अनुसार कंगना घरबाट भागेर अभियन गर्न थालेपछि उनका बुवा कंगनासँग धेरै वर्षसम्म बोलेनन्। कंगना ज्योतिषमा धेरै विश्वास गर्छिन्। जब उनी मण्डी आउँछिन् तब त्यहाँका ज्योतिष लेखराज शर्मासँग भेट गर्छिन्।
कंगनाका बुवा अमरदीप व्यापारी हुन् भने आमा आशा स्कुलकी शिक्षिका हुन्। कंगनाकी दिदी रंगोली उनकी सबैभन्दा मन पर्ने साथी हुन्। रंगोली कंगनाकी म्यानेजर पनि हुन्। एसिड आक्रमणजस्ता दुर्घटनामा परेकी रंगोलीको जीवनीमा आधारित बायोपिक बनाउने योजना कंलनाले बताएकी छन्। कंगनाका एक भाइ पनि छन् जसको नाम अक्षत हो।

-एजेन्सी।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै
सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
गरिबलाई धनि बनाउनु सहकारीको उदेश्य भए पनि सो अनुसार काम हुन सकेकाे छैन् : शिवराज सुवेदी
गरिबलाई धनि बनाउनु सहकारीको उदेश्य भए पनि सो अनुसार काम हुन सकेकाे छैन् : शिवराज सुवेदी
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
धादिङमा गुण्डागर्दि मौलायो: खाजा खाँदै गरेका युवामाथि तरबार प्रहार गरी सांघातिक आक्रमण
चीनमा गत महिना कोइला आयातमा वृद्धि
चीनमा गत महिना कोइला आयातमा वृद्धि
वडा अध्यक्ष सहित पाँचजना कारागार चलान
वडा अध्यक्ष सहित पाँचजना कारागार चलान
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ !
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल

तपाईंले छुटाउनुभयो कि?