अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु
सारांश
- बैतडी, ९ पुस ।
- बैतडीमा आज विहान अपरिचित व्यक्तिको कुटाइबाट एक जनाको मृत्यु भएको छ ।
- एक जना घाइते भएका छन् ।
बैतडी, ९ पुस । बैतडीमा आज विहान अपरिचित व्यक्तिको कुटाइबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
विहान १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए । कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया