अब हुने सबै निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : पम्फा भुषाल
सारांश
- काठमाडौं, ११ असार ।
- सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेकीछिन् ।
- आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ भुषालले आफ्नो पार्टीले जनताको पक्षमा काम गरेकोले दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेकी हुन् ।
काठमाडौं, ११ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेकीछिन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ भुषालले आफ्नो पार्टीले जनताको पक्षमा काम गरेकोले दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेकी हुन् । उनले भनिन्,‘हुन त पहिलो चरणको निर्वाचनमापनि हाम्रो त अपेक्षा धेरै नै थियो, तर सोचेजस्तो भएन, अब दोस्रो चरणको निर्वाचनमा हामी पहिलो बन्छौं, धेरै सकारात्मक भोट ल्याउँछौं ।’ नेतृ भुषालले केन्द्रिय संसदको चुनाव हुँदासम्म आफ्नो पार्टी पहिलो बन्ने दाबी समेत गरिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया