आज विभिन्न कार्यक्रम गरी १९ औं भूकम्प सुरक्षा दिवस मनाईदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
१०५ पटक हेरिएको
Shares
आज विभिन्न कार्यक्रम गरी १९ औं भूकम्प सुरक्षा दिवस मनाईदै

सारांश

  • आज १९ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
  • भूकम्पबाट हुने क्षति कम गर्न जनचेतनामूक कार्यक्रम गरी सरकारले आज काठमाडौंको साँखुमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।
  • २०७२ साल वैसाख १२ गतेको विनाशकारी भूकम्पबाट धेरै जनधनको क्षति भएको काठमाडौंको साँखुमा ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाईंदै छ ।

आज १९ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भूकम्पबाट हुने क्षति कम गर्न जनचेतनामूक कार्यक्रम गरी सरकारले आज काठमाडौंको साँखुमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

२०७२ साल वैसाख १२ गतेको विनाशकारी भूकम्पबाट धेरै जनधनको क्षति भएको काठमाडौंको साँखुमा ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाईंदै छ ।

आज ११ बजेर ५५ मिनेटमा सरकारी प्रतिनिधिहरुको सहभागिताा जनचेतनामूलक कार्यक्रमसँगै भूकम्पप्रतिरोधी सामग्रीको प्रदर्शनी गरिने छ । प्रदर्शनी पाँच दिनसम्म चल्ने बताइएको छ ।

१९९० सालको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति गरेको स्मृतिसँगै भूकम्पप्रतिरोधी संरचना निर्माण गरी भूकम्पबाट हुने क्षति कम गर्न यो दिवस मनाईँदै आएको छ । २०५६ सालदेखि माघ २ गतेलाई सरकारी स्तरबाटै भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरिएको छ ।

वर्सेनि हुने कार्यक्रम औपचारिकतामै सीमित

२०५६ सालदेखि निरन्तर भूकम्प सुरक्षा दिवस मनाउन थालिएको भए पनि प्रभबकारी हुन सकेको छैन । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि अघिल्लो माघ २ गते तत्कालिन सरकारले विशेष कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाएको थियो । तर त्यतिबेला सुरु गरिएको कुनै पनि काम अझैसम्म पूरा भएको छैन ।

गतवर्ष भूकम्प सुरक्षा दिवस पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणका लागि शिलान्यास गरेको काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु भए पनि विवादका कारण रोकिएको छ । गतवर्षको माघ २ गते नै पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको पुरानो नेवारी बस्ती बुङ्मतीलाई एकीकृत सघन बस्तीका रूपमा पुनर्निर्माण गर्न तामझामसहित उद्घाटन गरे । तर त्यो पनि पूरा भएको छैन ।

योलगायत देशैभरको स्थिति उस्तै छ । र वर्सेनि मनाइने भूकम्प सुरक्षा दिवस औपचारिकतामा मात्रै सीमित भएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुकुरले आत्महत्या गर्ने पुल
कुकुरले आत्महत्या गर्ने पुल
दिल्लीमा पंखा बनाउने कारखानामा बिस्फोट हुँदा ७ जनाको मृत्यु
दिल्लीमा पंखा बनाउने कारखानामा बिस्फोट हुँदा ७ जनाको मृत्यु
न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी
न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
दोस्रो चरणको मत गणना ललितपुरबाट शुरु
दोस्रो चरणको मत गणना ललितपुरबाट शुरु
दुई अर्ब ७२ करोड कर छलेको आरोपमा व्यापारी गुप्ताविरुद्ध मुद्दा
दुई अर्ब ७२ करोड कर छलेको आरोपमा व्यापारी गुप्ताविरुद्ध मुद्दा
बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम
बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
फोक्सुन्डो ताल प्रदूषित हुँदै, पुरिँदै
फोक्सुन्डो ताल प्रदूषित हुँदै, पुरिँदै
करोडौँ मूल्यको शिलाजित अलपत्र
करोडौँ मूल्यको शिलाजित अलपत्र

तपाईंले छुटाउनुभयो कि?