आफुलाई मन लागेको बेला मर्न पाइने कि नपाइने ? सर्वोच्चले खोज्यो बिज्ञको टोली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २१, २०७३
|
|
२४४ पटक हेरिएको
Shares
आफुलाई मन लागेको बेला मर्न पाइने कि नपाइने ? सर्वोच्चले खोज्यो बिज्ञको टोली

सारांश

  • सर्वोच्च अदालतले इच्छामृत्युको कानुनी अधिकारका विषयमा छलफलका लागि ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको छ ।
  •   न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले बिहीबार यो विषय गम्भीर प्रकृतिको भएको हुँदा बृहत् छलफलका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको हो ।
  • मृत्यु हुन पाउने अधिकारको विषयमा बृहत् छलफलका लागि नेपाल बार एसोसिएनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट तीन वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन बारलाई अदालतले आग्रह गरेको हो ।
सर्वोच्च अदालतले इच्छामृत्युको कानुनी अधिकारका विषयमा छलफलका लागि ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको छ ।
 

न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले बिहीबार यो विषय गम्भीर प्रकृतिको भएको हुँदा बृहत् छलफलका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको हो । मृत्यु हुन पाउने अधिकारको विषयमा बृहत् छलफलका लागि नेपाल बार एसोसिएनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट तीन वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन बारलाई अदालतले आग्रह गरेको हो ।

बाँच्न पाउने अधिकार जस्तै मृत्युवरण गर्न पाउने अधिकारको कानुनी रुपमा व्यवस्था गर्नुपर्ने आदेशको माग गर्दै अधिवक्ता उत्तमप्रसाद रिमालले करिब दुई वर्षअघि रिट निवेदन दायर गरेका थिए ।
निवेदनमा लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठीक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

(https://welterheating.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?