इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७३
|
|
१८११० पटक हेरिएको
Shares
इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे

सारांश

  • त्रिभुवन विश्वविद्यालय र ग्लोबल कलेजले स्पोन्सर युनिभर्सिटी क्रिकेट कप प्रतियोगितामा मंगलबार विजय हात पारेका छन् ।
  • पहिलो दिन त्रिविले नेपाल इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे ।
  • त्रिभुवन टस जितेको इन्जिनियरिङ १६.

त्रिभुवन विश्वविद्यालय र ग्लोबल कलेजले स्पोन्सर युनिभर्सिटी क्रिकेट कप प्रतियोगितामा मंगलबार विजय हात पारेका छन् ।

पहिलो दिन त्रिविले नेपाल इन्जिनियरिङ कलेज ‘बी’ लाई ९ विकेट र ग्लोबलले नेपाल इन्जिनियरिङ ‘ए’ टिमलाई १० विकेटले पराजित गरे ।

त्रिभुवन टस जितेको इन्जिनियरिङ १६.३ ओभरमा ६८ रनमा अलआउट भएको हो | तेसैगरी ओपनरद्वय दिपेश दासले ११ र प्रशु जोशीले १४ रन बनाएका थिए ।

घरेलु टोली त्रिविका प्रदीप टण्डनले ४ विकेट लिई म्यान अफ द म्याचको प्रदर्शन गरे । उनले ४ ओभरमा १७ रन खर्चेका थिए । राकेश कर्णले ३, सागर ढकालले २ र रुपेश श्रीवास्तवले १ विकेट लिए । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा मंगलबारै त्रिविले ७.२ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

इन्जिनियरिङ ‘ए’ टिम पनि ग्लोबलसँग १४.४ ओभरमा ६१ रनमै अलआउट भयो । सुरज श्रेष्ठले २२ रनबाहेक अन्यले दोहोरो बनाउन सकेनन् । विक्रम गुरुङ र कनक बज्राचार्यले ३–३, यादव घलेले २ र रोम खड्काले १ विकेट लिएका थिए ।

राकेशले १४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरेर ३५ रन बनाए । उनलाई विवेक यदुवंशीले आउट गरे । अश्चल चौधरी २२ र प्रदीप १० रनमा नटआउट रहे ।
दिपेश चन्दले नटआउट ५२ रन बनाएपछि ग्लोबलले ५.४ ओभरमै लक्ष्य पूरा गर्‍यो । दिपेशले २७ बल खेली ९ चौका र १ छक्का प्रहार गरे भने अर्का ओपनर आशिष सिंह २ रनमा नटआउट रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?