एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०७४
|
|
१३८५ पटक हेरिएको
Shares
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल

सारांश

  • दमौली, २६ वैशाख ।
  • नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुलाई सँगसँगै लैजान काँग्रेस सफल भएको बताउनुएको छ ।
  • नेपाली काँग्रेस व्यास नगर समन्वय समितिद्वारा आज दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसले मधेसवादी दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका बेला नेकपा (एमाले)को ढिपीले मुलुकलाई विखण्डनतर्फ धकेल्दै लगेको आरोप लगाउनुभयो ।

दमौली, २६ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुलाई सँगसँगै लैजान काँग्रेस सफल भएको बताउनुएको छ ।

नेपाली काँग्रेस व्यास नगर समन्वय समितिद्वारा आज दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसले मधेसवादी दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका बेला नेकपा (एमाले)को ढिपीले मुलुकलाई विखण्डनतर्फ धकेल्दै लगेको आरोप लगाउनुभयो ।

नेता पौडेलले भन्नुभयो, “अन्य पार्टीहरु मुलुकभित्र समस्या जन्माउन सक्छन् । त्यसको समाधान काँग्रेसले मात्रै गर्न सक्छ ।” कृषि, पर्यटन र जलस्रोतको क्षेत्रमा विकास गर्न सके युवाहरु रोजगारीका लागि विदेश जान नपर्ने बताउँदै उहाँले काँग्रेसले जिते मात्रै देशमा विकासको कायपलट आउने दाबी गर्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले पनि प्रमुख प्रतिपक्षी जिम्मेवार नहुँदा मुलुकमा भयावह स्थिति आएको आरोप लगाउँदै स्थानीय निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?